ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । रोल…

बुधवार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ नम्बर पलँध्वाखा, सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन १२ आना क्षेत्रफलमा बन्नेछ भने यसको अनुमानित प्रारम्भिक लागत ४ करोड रुपैयाँ अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको हुने यो भवन निर्माणका लागि ललितपुर महानगरपालिकाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । चार तलामा बन्ने ज्यापु कल्याण भवनमा आधुनिक तालिम कक्ष, सभा कक्ष, कार्यालय अफिस कोठाहरु हुनेछन् । यो भवन दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न किसिमका तालिमहरु दिन, आर्थिक रुपमा सबल बनाउनको लागि सेमिनार गोष्ठीहरु गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here