रौतहट, ५ फागुन ।
माधव नारायण नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तिम चरण पुग्न लागेको छ । करिब एक साता देखि संचालनमा रहेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा मंगलबार सम्मा ६ वटाका जेष्ठ नागरिकहरु सम्मान गरिसकेका थिए भन्ने बाकी वडाका जेष्ठ नागरिकहरुलाई विहीबार सम्मान गर्ने कार्य गरिएको नगर प्रमुख विरेन्द्र यादवले रेड खबरलाई जानकारी गराउनु भएको हो ।
माधव नारायण नगरपालिकाको वडा नंम्बर ८ पिप्रारजवाडा र वडा नम्बर ९ गढो भगवानपुरमा रहेको ७५ वर्ष भन्दा माथिको जेष्ठ नागरिकहरुलार्इ नगर प्रमुख यादव तथा वडा नम्बर ८का पिप्रारजवाडाका वडाअध्यक्ष जितेन्द्र प्रसाद कुशवाहाले जेष्ठ नागरिकहरुलार्इ सम्मान आदर हेतु कम्बल ओढाइ सम्मान गर्नुभएको छ।
पिप्रा रजवाडा वडाकार्यालय तथा माध्यमिक विधालय गढोमा संचालन भएको कार्यक्रममा नगरपालिका तथा वडाका अन्य कर्मचारी एवम जनप्रतिनीहरुको उपस्थिति रहेको थियो।








