काठमाडौं– ललितपुरमा सवारी दुर्घटना गराएर भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमद छन्।

प्रहरीका अनुसार सोमबार राति १०:५५ बजे ललितपुरको धोबीघाटमा दुर्घटना गराएर भाग्दै गरेको अवस्थामा जोबैरलाई पक्राउ गरिएको हो।

प्रहरीले जोबैरलाई भारतीय नम्बर प्लेट बीआर–०५–एएन ५९२० को कारसहित पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here