धनुषा — मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।

यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन् । प्रदेश सभाले उपलब्ध गराएको गाडीमा तोडफोड भएको हो ।

यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो ।प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here