१० माघ। सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा आइतबार साँझ बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम साब्लाका ५४ वर्षीय बम बहादुर लिम्बु रहेका छन् । गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा इटहरी स्थित एपेक्स अस्पतालमा मृत्यु भएको हो ।

इटहरी​बाट विराटनगर तर्फ जाँदै गरेको लिम्बु सवार को ११ प ७९ ३२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१ ६२ नम्बरको बसले हिजो साँझ ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here