रौतहट,०१ माघ ।
रौतहटको मौलापुर नगरपालिकाले आफना नगरका दलितहरुका निर्माण गरेको पक्कीघर हस्तान्तरण गरेको छ ।
नगरपालिकाको वडा नम्वर २ मर्यादपुरमा बिपन्न चमार समुदायलार्इका लागि १ करोड ८७ लाख ५० को लागतमा निर्माण गरिएको २५ वटा पक्कीघर शनिवार एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।
नगरपालिकाले एक घर ७ लाख ५० हजारको दरले कुल २५ घर एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ति निर्माण गरि हस्तान्तरण गरिएको मौलापुर नपा कि मेयर रिना कुमारी साहले जानकारी दिएकी छिन ।
दुई वटा कोटा, शौचालय, धारा, सहित को पक्की घर निर्माण गरिएको हो । मुख्य सडकमा ७ धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदायलाई घर हस्तान्तरण गरिएको हो ।
शनिवार नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले घर हस्तान्तरण गरेका छन । सो कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साह , मौलापुरकी मेयर रिना कुमारी साह लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकाले विभिन्न सरकारी र सामुदायिक संरचना निर्माणका लागि ४ बर्षमा करीव १३ बिगाह जमिन खरीद गरेको छ । शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती बिकास , नगरपालिकाको कार्यालय स्थापना जस्ता दिर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाख को लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त नगरकी प्रमुख साहले पुर्वाधार बिकासका लागि दिर्घकालिन सोचका साथ नगरपालिकाले जमिन खरिद गरेको बताइन । नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन मौलापुर नपाको विभिन्न वडामा खरीद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here