रौतहट, ०१ माघ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा एकै दिन दुई वटा सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । माधवनारायण नगरपालिका वडा नं.–८ (रजवडा) मा शनिबार दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको हो । नगरपालिकाका मेयर बिरेन्द्र राय यादवले वडा नं. ८ स्थित श्री राम जानकी मठ्को परिसरमा नगरपालिकाको २५ लाखको लगानीमा निर्माण हुने ३ कोठेको सामुदायिक भवन शिलान्यास गरेका हुन । यस्तै सोही वडा स्थित गढ टोलमा अवस्थित बाबा गरिब नाथ मन्दिर परिसरमा ११ लाखको लागतमा निर्माण हुने सामुदायिक भवनको पनि शिलान्यास कार्य गरेका हुन । दुई महिना भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर यादवले जानकारी दिनु भएको छ । मृयर यादवले सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने प्रतिक्रिया समेत दिए । माधवनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र कुश्वाहाको अध्यक्षता र नगरपालिका मेयर बिरेन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा जसपा नेपालका प्रदेश समिती सदस्य तथा युवा नेता श्याम बिहारी यादव, वडा सदस्य लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here