काठमाडौं– बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोली आज (सोमबार) किर्गिस्तानसँग भिड्दै छ।

यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपालले आफ्नो अन्तिम लिग खेलका रुपमा किर्गिस्तानको सामना गर्न लागेको हो। नेपाल र किर्गिस्तानबीचको खेल ११ः१४ बजे सुरु हुनेछ। आइतबार उज्वेकिस्तानलाई ३–० को सोझोसेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० तथा तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here