रौतहट २९ साउन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले वितरण गर्दै आएको सवारी पास आज देखि बन्द गरेको छ । बुधवार गृह मन्त्रालयले एक सूचना जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो । सोही बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटले पनि सवारी पास बितरणलाई बन्द गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाउनु भएको छ । साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न गृह मन्त्रालयले परिपत्र गरेको थियो । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here