२०७८ पुष ६ मंगलबार ।  नवलपुर प्रहरीले सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जनालाई हतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ ६ बजेको समयमा  गैंडाकोट नगरपालिका वडा नं १६ अमरापुरीमा अनिता श्रेष्ठ आफ्नै घरको पसलमा बसि रहेको अवस्थामा लु.४०.प ८४३६ नं. को मोटरसाईकलमा आएर सिक्री लुटेर भाग्ने क्रममा पश्चिम नवलपरासी रुपौलिया गाउँपालिका वडा नं १ बस्ने राम बहादुर क्षेत्रीलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पक्राउ परेका क्षेत्रीले दिएको सूचनाको आधारमा लुटपाटमा संग्लगन पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा नं ९ को संजय गुरुङ र गैडाकोट नगरपालिका वडा नं. १४ बस्ने आशिष सुनारलाई भाग्दै गरेको अवस्थामा गैंडाकोट-१४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पक्राउ परेकाहरुबाट मेड ईन जर्मन उल्लेख भएको, ४ वटा राउण्ड लोड भएको अवस्थामा एक थान पेस्तोल समेत बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here