काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली आज सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।
ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली टोली ढाका गरेका हुन् ।
नेपाली टोलीलाई भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो।








