काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८९ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५८ पीसीआर र ३१ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ९ हजार ९९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ५ हजार ४८३ र एन्टिजेन परीक्षण २ हजार ५१४ भएको छ ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९३३ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख ८ हजार ६०३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५६७ पुगेको छ । २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here