काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्।
पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा सर्वाधिक मत पाउने शीर्ष दुई उम्मेदवार थिए।
सभापतिमा उमेद्वारी दिएका बाँकी तीनै जना नेताले दोस्रो चरणमा देउबालाई समर्थन गरेका छन्।
सभापतिमा उठेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउबालाई समर्थन गरेका हुन्। पहिलो चरणमा देउबालाई सभापतिमा निर्वाचित हुन ८२ मत मात्र पुगेको थिएन





