काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि  दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्।

पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा सर्वाधिक मत पाउने शीर्ष दुई उम्मेदवार थिए।

सभापतिमा उमेद्वारी दिएका बाँकी तीनै जना नेताले दोस्रो चरणमा देउबालाई समर्थन गरेका छन्।

सभापतिमा उठेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउबालाई समर्थन गरेका हुन्।  पहिलो चरणमा देउबालाई सभापतिमा निर्वाचित हुन ८२ मत मात्र पुगेको थिएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here