मंसिर १७ । नेपाली काँग्रेस प्रदेश २ का सभापतिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै रौतहटका जिल्ला सभापति समेत रहेका यादवले देउवा समुहबाट आफु उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी दिने घोषणा गरेका यादव आफु शेरबहादुर देउवाको समुहबाट सर्वसम्मत रुपमा उम्मेदवारी दिन लागेको बताए ।

कृष्णा यादव प्रदेशसभापतिका आकांक्षी महोत्तरीका जिल्ला सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादव, र रौतहटका सभापतिसँग सहमतीको आधारमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपी उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरीका सभापति अनुपस्थित थिए । सप्तरीका सभापति जनकपुरधाम आउन नसकेर पत्रकार सम्मेलनमा सहभागि हुन नसकेको देउवा समुहले जनाएको छ ।

उम्मेदवारी घोषणामा महोत्तरीका सभापति, प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, आनन्द ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादवको उपस्थितिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता रिजालले पौडेल पक्षलाई समेत समेटने प्रयास भइरहेको बताए ।

निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवले आफु उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here