मालपोत कार्यालय चितवनका अधिकृत मुकुन्द पौडेल ५० हजार रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

अंशबण्डा एवम् बाटो कायम गरी जग्गाधनी प्रमाण पुर्जा बनाई दिए बापत सेवाग्राहीसँग सो रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलिले पौडेललाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here