रौतहट,११ मंसिर। देवाही गोनाही नगरपालिकाका ५५० भन्दाबढी परिवारलाई ग्याससिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।
नगर प्रमुख धर्मेन्द्र पटेल र वडा अध्यक्ष शेख नुरुल्लाहले संयुक्तरूपमा वडा नं.१ करूनियामा एक समारोहका विच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वितरण संगै आजबाट वडा नं.१ करुनिया पुर्ण रुपमा धुवाँमुक्त भएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेलको प्रमुख अतिथिमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा उप-सभापति वशिष्ठ यादव, ईश्वरीमुखिया, नेता पुनप्रताप, मातृका , नेता अनिल पटेल लगायत दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
गत निर्वाचनमा नपालाई धुवाँमुक्त बनाउने मेयर पटेलले गरेको घोषणा अनुसार नपाका लगभग प्रत्येक वडाहरुमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएको हो ।
परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने भएको ठहर सहित उनले क्षेत्रलाई धुवाँमुक्त बनाउने अठोट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here