रौतहट,२१ कार्तिक ।
रौतहट राष्ट्रसेवक कर्मचारीले (ब्युरो रौतहट) गौरमा आयोजना गरेको प्रथम ऐतिहासिक बैठक तथा लोकपर्व छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट जिल्ला स्थायी ठेगाना भई देशको विभिन्न क्षेत्र एवं ठाउँहरुमा राष्ट्र सेवामा समर्पित निजामती तर्फका कर्मचारीहरु संगठित हुने किसिमले स्थापनाको चरणमा रहेको रौतहट राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट)को ऐतिहासिक भेला तथा लोक पर्व छठको शुभकामना आदान प्रदान कार्यक्रम यसै जिल्ला गढवा निवासी नवलपुर जिल्ला अदालतको मा।न्यायधिश नन्दकिशोर यादवको उपस्थितिमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो ।
६५ जना राष्ट्रसेवकहरुको सहभागितामा आइतबार सम्पन्न भएको उक्त कार्यक्रमको अवधारणाका सुत्रपात जिल्लाको कटहरीया निवासी उपसचिव गजेन्द्र प्रसाद यादवले संस्थाको उत्पतिको उद्देश्य, योग्य सदस्य मापदण्ड, ब्यूरो रौतहटको संरचना लगायत बिषयमा प्रकाश गर्नु भएको थियो । उक्त ऐतिहासिक भेलाले बिभिन्न समितिहरु बनाई ब्युरोको उद्देश्यहरु प्राप्त गर्ने तर्फ अग्रसर हुने गरी कार्ययोजना तय गरेको छ ।May be an image of 8 people, people standing and indoor
माननिय जिल्ला न्यायधिश नन्दकिशोर प्रसाद यादवको संयोजकत्वमा सल्लाहकार समिति, उपसचिव गजेन्द्र प्रसाद यादवको अध्यक्षता, घरेलु तथा साना उद्योग कार्यालयका नायव सुब्बा श्री रिंकी जयसवाल उपाध्यक्ष, हुलाक अधिकृत देवनाथ यादव सदस्य सचिव, लेखापाल जितेन्द्र यादव कोषाध्यक्ष तथा विभिन्न सेवा र क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रसेवकहरु सदस्यहरु रहने गरी ११ सदस्यीय कार्यकारी तदर्थ समिति गठन समेत गरेको छ ।
विभिन्न बिषयगत समितिहरुमा विधान समितिमा जिल्ला अदालतका श्रेस्तेदार श्री शुशील यादव, प्रशासन समितिमा मालपोत कार्यालय गरुडाको प्रमूख ओम प्रकाश यादव, प्राविधिक समितिमा ई।अमित कुमार र प्रवक्तामा सदस्य सचिव श्री देवनाथ यादवलाई चयन गरेको हो । विषयगत समितिहरुले तोकिएको कार्यजिम्मेवारी समयमै सम्पन्न गरी कार्यकारी समितिमा प्रतिवेदन पेश गर्ने र सोलाई सभाबाट पारीत गरी कानूनी रुप प्रदान गर्ने पहिलो चरणको कार्यक्रम रहेको कुरा प्रकाशमा आएको थियो । उक्त संस्थाले औपचारीक रूप लिइसके पछी जिल्लाको समग्र बिषयमा र राष्ट्र्सेवकहरुको वृतिविकास लगायत बहुपक्षीय बिकास संगसंगै यस जिल्लाको सामाजिक क्षेत्रमा समेत कार्यहरु गरेर योगदान पुर्याउने उद्देश्यहरुका साथ अगाडी बढेको देख्न सकिन्छ ।No description available.
कार्यक्रम जिल्लाका बिभिन्न ठाउँमा घर भई देशका बिभिन्न क्षेत्रलाई कर्मथलो बनाई कार्य गरि राखेका राष्ट्रसेवकहरुको उत्साहजनक उपस्थितिका बिच सम्पन्न भएको थियो । छोटो समयको सूचनामा करीब ६५ जना राष्ट्रसेवकको उपस्थितिले उक्त संस्था प्रतिको समर्पणभावलाई इंकित गर्दछ । आगामी दिनमा सबैको सहयोगमा थप राष्ट्रसेवकको सहभागिता सुनिस्चित हुने गरी कार्यक्रम तय हुने र पदाधिकारीमा छुटेका योग्य साथीहरुलाई जिम्मेवारी दिई अगाडी बढ्ने कुरा समेत च्रचामा आएको थियो । क्षेत्रीय, राजनीति, जातीयता, लैंगिकता भन्दा माथि उठेर राष्ट्र सेवामा समर्पित राष्ट्रसेवक मात्र यसको सदस्य हुन सक्ने, सामूहिक भावनालाई प्रवर्धन गर्ने, आफ्नो व्यवसायीक धर्म प्रति कटिबद्ध र जिल्लाको मान प्रतिष्ठालाइ केन्द्र बिन्दुमा राखेर कार्यजिम्मेवारी निर्वाह गर्न सक्ने व्यक्ति यसको सदस्यमा हुनुपर्ने गुणहरु हुने विषयहरु प्रस्तुतीमा रहेको थियो  कार्यक्रममा मालपोत कार्यलय चपुरका मो।इजहारुल हक, रामगीर मुखिया, शिवध्यान यादव तथा जिल्ला प्रशासन कार्यालय, कृषि कार्यालय,प्रदेश मन्त्रालय लगायत बिभिन्न पालिकाहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आफ्ना धारणाहरु राख्नु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा मा. न्यायधिश ज्युबाट सबैमा टिकालगाई लोकपर्व छठको शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो भने कार्यक्रमको संचालन चन्द्रपुर नपामा कार्यरत राष्ट्रसेवक नसरे आलमले गरेको थियो ।