रौतहट, २१ कार्तिक ।
गौर नगरपालिकाका मेयर तथा लोसपाका नेता अजय कुमार गुप्ताले आफना नगरका छठ पर्वका ब्रतालुहरुलाई साडी वितरण गरेका छन् ।
रौतहटका पुरा नगरपालिकाका रुपमा रहेको नगरका मेयर गुप्ताले आफनो निजी खर्चबाट वडा नं १,२,४,५,६,७ टोलका छठ ब्रतालुहरुलाई साडी वितरण गरेका हुन ।
मेयर गुप्ताले समाजमा दैनिय अवस्था भएकी महिलाहरूलाई पर्व मनाउन केही कठिनाइ नहुने र आफुले गर्ने सक्ने सहयोग कार्यबाट कसैको घर परिवारमा खुशीको आगमन हुन सक्ने आशका साथ साडी वितरण गरिएको प्रतिक्रिया दिनु भएको हो ।
उनले आस्थाको पर्व छठमा नयाँ पोशाक लगाएर मनाउने चलन भएकोले विपन्न परिवारमा आर्थिक आभावको कारण खुशी र उमंगको त्यौहार मनाउन कुनै प्रकारको समस्या उत्पन्न नहोस् भने उदेश्यले आफ्नो व्यक्तिगत तर्फबाट आफ्नो नगरमा रहेको सम्पुर्ण छठ ब्रतालुलाइ सबकै कल्याण माता छठीले गरून् भने साडी वितरण क्रममा शुभकामना सहित कामना समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here