काठमाण्डौ,१७ कात्तिक
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको हो । उहाँले चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुहरुलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गर्नुभयो ।प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिती पैदा भएको छ, संविधान मिचिँदै छ, संवैधानिक अंगहरुमाथि कार्यपालिकाको हस्तक्षेप छ, संवैधानिक अंगहरुमा स्वेच्छाचारी प्रक्रियामार्फत् गम्भीर प्रश्न उठ्न थालेको छ,यो गठबन्धन सरकार बनेपछि, देशलाई यसरी अन्योल माहोलमा राख्नु हुँदैन, अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंग मार्फत् राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरुको स्वार्थमा ।’प्रचार विभाग प्रमुख भट्टराईले १० आँै राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरुको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here