अखिलेश कुमार यादव । रौतहट । रौतहटको गरुडा नगरपालिकाको वार्ड नं.४ मा अवस्थित रहेको साहु ट्रेड कन्सर्न र साहु मेसेनारिमा गए राति आगलगी भएको छ । साहू ट्रेड र साहु मेसेनरीमा आगलगी हुँदा घरमा रहेको सम्पुर्ण समाग्री तथा घर जलेर नष्ट भएको छ ।
ट्रेड र मेसेनरिमा आगलगी हुँदा करिब १० करोडोको क्षति भएको ट्रेडका सन्चालक मिनु कुमारी साहले बताएकि छिन ।
आगलगी भएको स्थानामा नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,नेपालि सेना लगायत गौर नगरपालिका ,चन्द्रपुर नगरपालिकाको बारुन यन्त्रको सहयोगमा आगोलाई नियन्त्रमा लिएको थियो । आगलगी भएको स्थानमा प्रहरीहरु अनुसन्धान गरिहेको छ ।
आगलागी भएको भवनमा रहेको कोठा पूर्ण रुपमा बन्द भएकोले गर्दा बिधुत शर्त भएर नै आगलागी भएको हुन् सक्ने इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








