कार्तिक ०८ रौतहट । रौतहट जिल्लाको राजदेवी न.पा. वडा नं. ४ स्थित बागमती खोलाको बगर पानीमा एक जना पुरुषको शव बरामद भएको छ ।अन्दाजी ५०/५५ बर्षको पुरुष रहेको तर शवको अहिले सम्म पहिचान हुन् न सकेको रौतहट प्रहरीले जनाएको छ ।

मृतकको शव सडीगली दुरगन्धित अवस्थामा पानीमा तैरीरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । शवको मुचुल्का उठाई शवलाई पोष्ट मार्टमको लागी गौर अस्पतालमा पुर्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले  जानकारी गराएको छ ।

शवको सनाखत हुन नसकेकोले पहिचान गर्न सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं.९८५५०४०९९९, १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराई दिनु रौतहट प्रहरीले अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here