सुर्खेत– कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेशहरुमा सरकारले सार्वजनिक बिदा दिएको हो।

सो दिन प्रदेशस्थित सबै सरकारी तथा शैक्षिक संस्था सार्वजनिक कार्यालय, र बैँक तथा वित्तीय संस्था बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

कार्तिक ३ गते बुधवार दसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा पनि हो। कोजाग्रत पूर्णिमाका अवसरहरुमा कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा मेला लाग्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here