दुबईमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल-२०२१) को उपाधि चेन्नाइ सुपर किङ्सले जितेको छ।

शुक्रबार राति सम्पन्न फाइनल खेलमा कलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाइले जित हासिल गरेको हो।

योसँगै चेन्नाइ चौथोपटक आइपिएल च्याम्पियन बनेको छ।
चेन्नाइले गत रातिको फाइनलमा कलकत्तालाई १९३ रनको लक्ष्य दिएको थियो। तर पूरा बीस ओभरमा कलकत्ताले १६५ रन मात्र बनाउन सक्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here