काठमाडाैं : बडादशैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ। ​दुर्गाभवानीको प्रसाद स्वहरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरू उच्चारण गर्ने गरिन्छ।

मन्त्रहरूसँगै विभिन्न आशीर्वाद पनि दिने चलन छ। संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आशीर्वाद दिने गरिन्छ।

विभिन्न मन्त्रहरू भएपनि नेपाली समाजमा दुईवटा मन्त्र बढी प्रचलित छन्। आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुहरूषहरूलाई टीका लगाईदिँदा उच्चारण गर्ने मन्त्र हो। यसैगरी जयन्ती मंगलाकाली भद्रकाली कपाली भन्ने मन्त्र महिलालाई टीका लगाईदिँदा उच्चारण गर्ने गरिन्छ।

पुहरूषलाई टीका लगाइदिँदा उच्चारण गर्ने दिनेमन्त्र या आशीषः

​आयु द्रोणसुते श्रीयो दशरथे शत्हरूक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो। अष्ट चिरञ्जिवीमध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ।

मन्त्रका क्रममा श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो। यसैगरी शत्हरूक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्हरू नाश होस् भन्ने हो। रामका शत्हरू सबैको नाश भएजस्तै टीका थाप्नेहरूको पनि शत्हरूहरू नाश होउन् भन्ने शुभेच्छा हो।

ऐश्वर्य नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो। जीवनमा सधै हाँसी खुसी रहनुपरोस् , दुख नपरोस् , मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ।

यसैगरी गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो। हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखाैँ कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए। अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडी बढ्नुपर्छ। टीका थाप्ने मन्त्रमा मानञ्च दुर्याेधने पनि भनिन्छ।

यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो। दुर्योधनले आफुले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ। यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो।

अहिलेको युगमा दान महत्वपुर्ण छ। कसैका लागी सानो दान पनि महत्वपुर्ण हुनसक्छ तसर्थ द्धापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आशीर्वाद दिइने चलन छ। कर्णले आफुलाई जस्तै दुख पर्दा पनि दान गर्न छोडेका थिएनन्। बलं हलधरे भन्नाले हलो बोकेर हिँड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ।

बलबिना कसैको अस्तित्व हुँदैन। अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धि सहितको बल चाहिन्छ। यसैगरी सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशिस दिन्छन्। यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो। सत्य बलवान छ , सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ। युधिष्ठीरले पनि जिवनमा सत्य मात्रै बोले र ब्यवहारमा पनि उतारे। जसका कारण असत्यका प्रतिक कौरब पराजीत भए।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद दिने गरिन्छ।

महिलालाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

ॐ जयन्ती मंगलाकाली,भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोस्तु ते।

​मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुहरूषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ। पुर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ।

दशैंमा रातो टीका र जमरा लगाउने गरिएपनि कुनै कुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन्। रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो। टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ।
देवी विसर्जन मन्त्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here