अखिलेश कुमार यादव ।रौतहट ।

रौतहटमा शनिवार पानि खाने क्रममा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । घास लिन गएको बेला फतुवा विजयपुर नगरपालिकाको वडा न ७ मा रहेको क्रसरमा पानि खान जाने क्रममा करेन्ट लागेर फतुवा निवाशी रामेश्वर राय यादवको १४ बर्षिय छोरी रुबी कुमारीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्षमिनियाको प्रहरी निरीक्षक बिष्णु बिकेले  जानकारी दिनु भएको छ ।

क्रसरमा संचालनमा रहेको धारामा पानि खाना जादा करेन्ट प्रवाह भएर युवती रुबी यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताउनु भएको छ ।

बिगत केहि दिन देखि प्रदेश न २ मा करेन्ट लागेर मृत्यु हुनेको संख्या ह्वातै बढेको छ । करेन्ट लागेर प्रदेश न २ मा मृत्यु हुनेमा अधिकांश युवक नै रहेको प्रहरीको तथ्यांकले देखाएको छ । बिधुत सेवाको कमि कमजोरीले करेन्ट प्रवाह भएर मृत्यु हुने गरेको बिज्ञहरु बताउछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here