अखिलेश कुमार यादव । रौतहट ।
सुरक्षित आवास निर्माणको रकम सार्वजनिक गर अनियमितता र भ्रष्टचार कारवाही गर मूल नाराको साथ् रौतहटको गरिब दलित परिवारले दर्जनौ पालिकाहरु शुक्रबार घेराउ गरेको छ ।
दलित आवास निर्माण संघर्ष समितिको आयोजनामा रौतहटको यमुनामाई,गाउँपालिका, राजदेवी नगरपालिका, फतुवा बिजयपुर, माधव नारायण नगरपालिका, बौधिमाई नगरपालिका देवाही गोनाही नगरपालिका लगायत अन्य पालिकालाई शुक्रबार दलित परिवारले घेराउ गरेको छ ।
रौतहट क्षेत्र न ३ को निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाको नेतृत्वमा गएको संघर्ष समितिका कार्यकर्ताहरुले जिल्लाको मध्यभागमा गरुडामा विभिन्न नारा सहित प्रदर्शन गरेको थियो ।प्रदर्शन पछि संघर्ष समितिका कार्यकर्ताहरुले गरुडा नगरपालिकामा ८ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएका छन ।ज्ञापनपत्रमा दलित गरिबलाई आवाशको ब्यवस्था हुनुपर्ने,नगरपालिका को हरेक क्षेत्र तथा कार्यक्रम गरिबी निवारणको लागि सहि बजेटको ब्यवस्था हुनुपर्ने माग गरिएको छ ।
संबैधानिक हकको रूपमा रहेको जातीय छुवाछूत गर्न नहुने हक तथा आवास निर्माणको हक पुर्ण कार्वान्यन हुनुपर्ने माग गरिएको छ ।त्यसैगरी सुरक्षीत आवासको रकम फ्रीज गराउने लाई कार्वाही,निर्माणमा भईरहेको अनियमितताको छानबिन , कमिसनको लागि भुक्तानी रोक्ने कर्मचारी लाई कार्वाही तथा दलित युवा लाई सीप तथा रोजगारीको ब्यवस्था गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
रौतहटको दर्जनौ जस्तै पालिकाको कार्यालयहरु दलित आवास निर्माण संघर्ष समितीले घेराउ गरेका थिए । पर्दर्शन तथा घेराउ पछि आयोजित कोणसभामा निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहा,नेताहरु त्रिभुवन साह,उपेन्द्र साह,संघर्ष समितिका चन्देश्वर बैठा,रामनाथ माझी, बिरचन राम लगायतले सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि झण्डैं ३ वर्षदेखि स्थानीय तहमा करोडौं रकम आईरहे पनि पिडित परिवारले अहिलेसम्म कुनै लाभ प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।
स्थानीय सरकार मातहत रहेको उक्त सुरक्षित नागरिक आवास कार्यक्रममा भईरहेको चरम लापरवाही, उदाशीनता एवं भ्रष्टाचारले गर्दा करोडौ रकम फ्रिज एवं दुरुपयोग हुनुले लक्षित वर्ग ठप्प पिडित बनेको छ ।










