रौतहट जिल्लाको गौर नगरपालिकाको वडा न ५ बाट भन्सार छली गरेर ल्याउदै गरेको २० वटा चिनीको बोरा र अन्य किराना समान सहित पिकअप रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पिकअप सवार रहेको रहेका भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ३ बस्ने बर्ष ३५ को जोत नारायण साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई शंका लागे पछि पिकअपलाई रोकी चेक जांच गर्दा बिल बिजक न रहेको २० बोरा चिनी, खाने तेल, पतंजलीको बिस्कुट पार्लेजी बिस्कुट गरि करिब १ लाख ७३ हजार मुल्य बराबरको किराना पसलको सम्मान प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले किराना सामग्री लोड गरेर लैजादै गरेको ना १ झ ३२९६ नम्बरको पिकअप समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ ।पक्राउ गरिएको किराना समान र पिकअप अनादाजी मुल्य ४ लाख तिहतर हजार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेको २० बोरा चिनी खाने तेल, पतंजलिको बिस्कुट, पार्लेजी बिस्कुट र पिकअप आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा पथाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here