रौतहट- दुर्गा भगवती गाउपालिकाको वडा न ३ को अध्यक्ष धर्मेन्द्र झाले छोरी संरक्षण कार्यक्रमको आफ्नो वडा बाट शुरुवात गरेको छ ।वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले रकम प्रदान गर्ने बताउनु भएको छ ।May be an image of 8 people, including Dk Jha, people sitting and people standing

तराई मधेशमा छोरीको जन्मेमा स्याहार सुसार तथा हेरचाहमा समेत विभेद गरेको कारण दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ मा २०७८ असोज महिनाबाट लागु हुने गरि छोरी संरक्षण कार्यक्रम कार्यन्वयनमा ल्याइएको वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताउनु भयो । छोरीको स्याहार सुसार गर्न , सामाजिक विभेद अन्त्य र छोरीको सम्मानको लागि आफुले कार्यक्रम सञ्चालन गर्नु परेको वडा अध्यक्ष झाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here