काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरेको छ।

आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले किरण लिम्बूको नेतृत्वमा टोली घोषणा गरेका हुन्। अहिले नेपाली टोली कतारको दोहामा प्रशिक्षणमा रहेको छ।

दोहामा बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये विकास कुथू र राजन गुरुङ टोलीमा अटाएका छैनन्। अन्य खेलाडी भने साफ च्याम्पियनसिपका लागि छनोट भएका छन्।

साफ च्याम्पियनसिप १५ असोजबाट माल्दिभ्समा हुँदै छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। नेपाल र माल्दिभ्सबीचको खेल अपराह्न ४ः४५ बजे हुनेछ।

नेपाल टोली : किरण लिम्बू, दीपक कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजज्यू ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनील बल, आशिष लामा, पूजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डाँगी, कमल थापा र रोहित चन्द।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here