रौतहट- नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा राजदेवी नगरपालिका वडा नं ९ को माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त आँखा शिविरमा १६४ पुरुष र १६९ जना महिला गरी ३३३ जनाको आँखा परीक्षण गरिएको जसमध्य १२७ जनामा मोतियाबिन्दु भेटिएको छ ।
मोतियाबिन्दु भएका बिरामीहरूको गौर आँखा अस्पतालमा निशुल्क लेन्स सहितको अपरेशन गरिने भाको छ । आँखामा सामान्य समस्या देखा परेकाहरू लाई निशुल्क औषधी र चश्मा उपलब्ध गराईएको समेत गराईएको समाजसेवी नबिन सिंहले जानकारी दिनु भएको छ ।
राजदेवी नगरपालिक वडा नं ९ र समाजिक अभियन्ता नविन कुमार सिंह र स्थानीयहरुको संयुक्त आयोजनमा भएको उक्त शिविर प्रमुख अतिथीमा राजदेवी नगरपालिकाको उपप्रमुख अंशु सिंह, विशिष्ठ अतिथीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अतिथिहरुमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक बिनोद घिमिरे , सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली, अनुसन्धानका एसपी मुकुन्द बहादुर खडका, नेपाल नेत्र ज्योति संघ रौतहटका सभापती विजय सिंह, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष पुलिन्द्र दास ले गर्नु भएको थियो । उक्त शिविरको उदघाटन कार्यक्रममा स्वागत मन्तब्य प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तवले गरेका थिए भने संचारकर्मी राम विश्वास मुखियाले कार्यक्रम सञ्चालन गरेका थिए।
आँखा शिविरमा अहम योगदान पुर्याएकोमा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ रौतहट शाखा, प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तव, समाजसेवी नविन कुमार सिंह, अमर बैठा, रमेश साह लाई सम्मानित समेत गरिएको थियो।












