धनुषा – धनुषाको विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा स्थानीय २५ वर्षका सानु मण्डलले आयोजना गरको आरकेस्ट्रा नाचमा नाच्ने पाँच जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा आरकेस्ट्रामा काम गर्ने एलाउन्सर (एंकर) विदेह नगरपालिका ७ वस्ने वर्ष २३ का श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वा वस्ने वर्ष २१ का अनुशव मिश्र, वर्ष २० की काजल सहनी, विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ का सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान छन् ।
त्यस्तै आयोजक सानु मण्डल र सञ्चालक विदेह नगरपालिका ७ वस्ने वर्ष ३५ का राम मनोहर अधिकारी फरार रहेको र दुबैजनाको खोजी कार्य भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए ।
कुनै पनि निकायबाट अनुमति नलिई आरकेष्ट्रामा आयोजन गरी ठूलो लाउड स्पिकर अश्लील भोजपुरी गीत बजाइ रहेको र अश्लील नृत्य भइरहेको गुनासो प्राप्त भएपछि गिद्धा धनुषाबाट खटेको टोलिले बन्द गर्न आग्रह गरेको थियो ।
तर पटक पटक बन्द गर्न आग्रह गर्दा समेत अटेर गरेपछि नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको डिएसपी वस्नेतले जानकारी दिनु भएको छ ।








