रौतहट । गौर नगरपालिकाको वडा न ७ को वडा कार्यालयको भवनको एक कार्यक्रमको बीच गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ता र गौर नगरपालिकाको वडा न ७ को वडा अध्यक्ष मजहर खान द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

वडा कार्यालयको आफ्नो भवन नभएको कारण वडामा कामको लागि आउने स्थानियाहरुलाई सास्ती भईरहेको बेला गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताको सहयोगमा वडा न ७ को वडा कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।

अब वडा न ७ ले आफ्नै वडा कार्यालय बाट वडाबासीलाई सेवा दिने भए पछि स्थानियहरुले वडा अध्यक्ष तथा मेयर अजय गुप्ताले धन्यवाद ज्ञापन समेत गरेको छ ।

आउदो दिनमा वडा कार्यालयमा आवश्यक पर्ने सामाग्री नगरपालिकाले समयमै उपलब्ध गराउने मेयर गुप्ताले प्रतिबद्धता समेत गर्नु भएको छ ।उक्त उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा वडा कार्यालयको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।








