अखिलेश कुमार यादव ।रौतहट । जनता समाजवादी पार्टी नेपाल र जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सदरमुकाम गौरमा रहेको कर्मचारी मिलन केन्द्रको कार्यालयमा सबिधान दिवशको अवशरमा संविधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रको निर्णय अनुसार ६ औं सबिधान दिवश २०७८ मा भाग नलिने बिरोध गर्ने र सबिधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनको असोज ३ गते सबिधान संसोधन द्वारा सच्याउनको लागि देशका प्रमुख स्थानहरुमा सबिधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरे पछि सबिधान दिवशकै अवशरमा जिल्ला कार्यसमिति रौतहटको अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा कर्मचारी मिलन केन्द्रमा संविधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको केन्द्रिय सदस्य रेवन्त झाले जानकारी दिनु भएको छ ।

नेपालको सबिधान २०७२ ले मधेसी, आदिवाशी जनजाति,दलित,शिल्पी,महिला खस मुस्लिम,थारु अल्पसंख्यक, सामुदायाहरुको साथै उत्पीडित जात जाति एवं समुदायहरुले उठाउदै आएको राष्ट्रिय मुदाहरुलाई जब सम्म नेपालको सबिधान २०७२ मा सम्बोधन हुदैन तब सम्म जनता समाजवादी पार्टीले सबिधान दिवशलाई कालो दिनको रुपमा मनाउने जनता समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले बताउनु भएको छ ।
उक्त कार्यक्रममा बिधायक किशोरी यादव, प्रदेश न २ को कृषि सहकारी राज्य मन्त्रि यिगेंद्र यादव, लगाएत सयकडौ नेता कार्यक्रताहरुको उपस्थिति समेत रहेको थियो ।











