अखिलेश कुमार यादव । रौतहट ।
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाले धूमधामको साथ् साथौँ औं सबिधान दिवश बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष अरुण कुमार साहको अध्यक्षता तथा दुर्गाभगवति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकको सहयोगमा सातौँ सबिधान दिवश हर्सौलासको साथ् मनाईको छ । असोज २ गते देखि दुर्गाभगवती गाउँपालिकाले सरसफाई लगाएत बिभिन्न कार्यक्रमको आयोजना गरि सबिधान दिवश मनाउदै आएको छ ।
दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष अरुण कुमार साह तथा प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले संयुक्त रुपमा पानसमा बती बालि दुर्गा भगवती गाउँपालिकामा रहेको पुरानो झण्डालाई फेरेर नया झण्डा फहराएर सबिधान दिवश धूमधामको साथ् मनाएको छ ।
नेपाल सरकारले असोज २ गते देखि नै बिभिन्न कार्यक्रमको आयोजना गरि सबिधान दिवश मनाउने पत्राचार गरे पछि रौतहटको दुर्गाभगवती गाउँपालिकाले साझमा मैनाबती बालि दीपावली मनाएर सबिधान दिवश मनाउदै आएको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले बताउनु भएको छ ।
नेपालको जनताले धेरै दुखको सामना गरेर र बालिदानी दिएर हामीले आजको यो दिवश पाएका छौं आजैकै दिन हाम्रो देशले एउटा आस्थाको दस्ताबेज पाएको र त्यो हाम्रो लागि अवशमर्निय क्षण रहेको प्रस्ट पार्नु भएको थियो ।
दुर्गाभगवती गाउँपालिका भित्र रहेका सबै जनप्रतिनिधि कर्मचारी सुरक्षाकर्मी स्थानीयमा सबिधान दिवशको वहाले शुभकामना समेत दिनु भएको छ ।
उक्त अवसरमा गाउँपालिका प्रमुख अरुण कुमार साहले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको सेवामा खटेको सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई अबिर लगाई सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रम मा बोल्दै गाउँपालिका अध्यक्ष साह नेपालको संविधान २०७२ सबैको अधिकार समेटिएको र उत्कृष्ट संविधान भएकोले यस दिनलाई सबैले पर्वको रूपमा मनाउनुपर्ने बताउनु भयो ।उक्त अवशरमा दुर्गाभगवती गाउँपालिकाको सम्पूर्ण गाउँपालिका सदस्य जनप्रतिनिधि सुरक्षाकर्मी तथा स्थानियाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।









