कलैया- विशेष सूचनाको आधारमा बिहीवार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट प्रहरिले २ जनालाई र कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा रहेको चिनि मेल नजिकै गाँजा किन्न तयार रहेको ३ जना गरि ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ स्थित तामागढी सडकखण्डबाट २ जना लाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

गाँजा ओसार पसार तथा खरिद बिक्रि भईरहेको विशेष सूचनाको पाए लगतै ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–२–०३–००४प ८४४९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाच गदा सो मोटरसाईकलका चालर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा ५ किलो गाजा बरामद भएको हो ।

गाजा सहित पक्राउ परेका मगर र पाख्रिनलाई प्रहरीले सोधपुर्छ गर्दा उनिहरुले सो गाँजा बिक्रिका निम्ति कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा स्थित चिनि मेल नजिकै किन्नका निम्ती श्रीलाल महरा रहेको र उनका निम्ती गाँजा पुर्याउन जानलागेको थाहा पाएलगतै प्रहरीले मगर र पाख्रिनलाई साथ लिई उत्तरझिट्रकैया पुगेको थियो ।

प्रहरीले गाँजा किन्न तयार बसेका महरा र उनका साथिलाई समेत पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनीहरुबाट गाँजा किन्न तयार राखियको नगद रु ५ हजार समेत बरामत गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयाका ३९ वर्षीय श्रीलाल महरा, सोही ठाउँका २४ वर्षीय नवल किशोर राम र प्रसौनी गाँउपालिका वडा नम्बर ७ का ३८ वर्षीय हरिन्द्र महरा चमार रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here