फोटो हरेन्द्र साहको फेशबुक वाल बाट

अखिलेश कुमार यादव ।रौतहट ।

‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रौतहट जिल्लाको राजपुर् नगरपालिकाले बिद्यार्थीहरुलाई अबिर माला गम्छा ओढाई सम्मान कार्यक्रमको आयोजना गरि बालदिवश भब्य रुपमा मनाएको छ ।May be an image of 1 person, sitting and standing

राजपुर् नगरपालिकाको महिला शाखाको आयोजनामा राजपुर नगरपालिका अन्तर्गत रहेको बिभिन्न विद्यालयको बिद्यार्थीहरुको मनोबल बढाउने उदेशयले सम्मान गरेर ५७ औं राष्ट्रिय बाल दिवश मनाएको छ ।May be an image of 6 people, people sitting, people standing and indoor

बालदिवशको अवशरमा उपस्थित बालबालिकाको बिचमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । उपस्थित बालबालिकाको गुनासोलाई मध्य नजर गर्दै आउदो दिनमा बालबालिकाको समस्यालाई समाधान गर्ने राजपुर् नगरपालिकाको नगरउपप्रमुख जफिरा खातुनले उपस्थित बालबालिका बीच प्रतिबद्धता समेत जानाउनु भएको थियो ।May be an image of 1 person, standing and indoor

बालदिवशको अवशरमा राजपुर् नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा बालबालिकाको सम्मान कार्यक्रममा राजपुर् नगरपालिकाको अधिकृत छौठो बैजु ठाकुर शिक्षा शाखा प्रमुख दिपक खत्री, महिला तथा बालबालिका शाखा प्रमुख जुनैदा खातुन, राजपुर् नगरपालिकाको उपप्रमुख जफिरा खातुनको उपस्थिति रहेको थियो ।May be an image of 1 person, standing, sitting and indoorMay be an image of 1 person, sitting and standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here