अखिलेश कुमार यादव । रौतहट – रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाले आफ्नो नगरपालिका भित्र आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको योजनाहरुको अनुगमन गरेर सन्तोषजनक काम भएको योजनाहरुको मात्र भुक्तानी दिने गढ़िमाई नगरपालिकाको लेखा प्रमुख कामेश्वर सहनीले बताउनु भएको छ ।
गढ़िमाई नगरपालिकाका भित्र संचालन रहेको सानो ठूलो सबै योजनाको नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरे पछि मात्र गढ़िमाई नगरपालिकामा गत आर्थिक बर्ष २०७७/०७८ को आयोजनाहरुको भुक्तानी गर्ने प्रक्रियालाई अगाडी बढाउने लेखा प्रमुख कामेश्वर सहनीले जानकारी दिनु भएको छ ।
गढ़िमाई नगरपालिकाले सुरु देखि नै आफ्नो नगरपालिकाको बिकाशको योजनाहरुलाई तिब्रता दिदै आईरहेको छ ।उपमेयरको संयोजकतत्वमा अनुगम टोलि सधै गढ़िमाई नगरपालिका भित्र संचालन रहेको सबै आयोजनाहरुको अनुगम कार्यलाई तिब्रता दिएको र आउदो दिनमा पनि गढ़िमाई नगरपालिका बाट संचालन हुने सबै आयोजनाहरुको अनुगमन गरे पछि मात्र भुक्तानी दिने निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनु भएको छ ।
२०७७/०७८ को आयोजनाहरुको अनुगमन गर्ने क्रममा सन्तोषजनक काम न गरेको आयोजनाको भुक्तानी नदिने तथा त्यस्ता आयोजनाको जिम्मा लिएको समबन्धित व्यक्तिलाई कारवाही गरेर जरिवाना समेत तिर्न लगाउने गढीमाई नगरपालिकाको मेयर श्याम यादवले बताउनु भएको छ ।














