अखिलेश कुमार यादव ।रौतहट ।
राष्ट्रिय जनगणना २०७८ को लागि सुपरिवेक्षक पुर्नताजगी २ दिने तालिम सोमबार गौरी शंकर यादव रौतहट क्यामपसको सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय जनगणना २०७८ को मिति तय भए पछि जिल्ला जनगणना कार्यालय रौतहटले जनगणना गर्नको लागि सुपरिवेक्षकले सहि तरिकाले घर घरमा पुगेर सबैको तथ्यांक संकलन गर्ने उदेश्यले सुपरिवेक्षक पुर्नताजगी २ दिने तालिमको आयोजना गरिएको जिल्ला जनगणना अधिकारि देवनाथ यादवले जानकारी दिनु भएको छ ।May be an image of 6 people, people sitting, people standing and indoor

राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गते देखि मङ्सिर ९ गते देखि देश भर एकै साथ् हुने भएको छ ।जनगणनाको मिति नजिकिदै गएकोले जिल्ला जनगणना कार्यालय रौतहटले बिगत केहि दिन देखि सुपरिवेक्षकहरुको लागि तालिमको आयोजना गर्दै आईरहेको छ ।May be an image of one or more people, people sitting and people standing

केन्द्रीय तथ्यांक विभागको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने अधिकारी यादवले जानकारी गराउदै, गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने तथा उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताउनु भएको छ ।May be an image of 11 people, people sitting and people standing

रौतहट जिल्लाको ५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ सफल बनाउने उदेश्यले स्थानीय जनगणना कार्यालय स्थापना गरिएको जनगणना अधिकारि देवनाथ यादवले  जानकारी दिनु भएको छ ।उक्त तालिममा १५९ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here