२०७८ ,२१ भाद्र ।

सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here