२०७८,२१ भाद्र ।

पछिल्लो २४ घण्टामा १ हजार ४८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७० हजार ७५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३७० परीक्षणबाट ४०९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजारपछिल्लो २४ घण्टामा थप १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८५८ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९७६ रहेको छ ।

९७९ परीक्षणमा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here