२०७८ २० भदौ
काठमाडौँ: नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार (आज) हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे खेल सुरु हुनेछ। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।
रंगशालामा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन भइरहँदा दर्शकहरुले पनि खेलाडीलाई ताली र हुटिङले साथ दिइरहेका छन् । यद्यपि कोरोना संक्रमणविरुद्ध सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य गरेपछि अघिल्ला खेलमा झैँ दर्शकको घुइँचो भने कम नै छ ।
खेल भइरहँदा रंगशाला प्रवेशका लागि पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको प्रमाण अनिवार्य रुपमा देखाउनुपर्नेछ । दर्शकहरु भने नेपाली टोलीलाई हौसला प्रदान गर्न स्वास्थ्य मापदण्डका बावजुद रंगशालामा पुगेका छन् ।








