२०७८ १९, भाद्र

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्षा नभए शनिबार साँझसम्म सडक खुलाउन सकिने थापाले बताइन्। नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here