२०७८ १९,भदौ।

दाङमा  प्रहरीले स्वचालित  पेस्तोलसहित एक युवकलाई  पक्राउ गरेको छ । घोराही–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर एक थान पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट  डिएसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रा ५ प ८७६२ नम्बरको स्कुटीको डिकीभित्र रातो प्लाष्टिकले छोपेर लुकाई राखेको अवस्थामा  एक थान एटोमेटिक पेस्तोल, त्यसको म्यागाजिन र  एक थान गोली बरामद गरेको छ ।बुढामगर सहितको टोलीले २०७० बैशाख २५ गते स्थानीय साने घर्तीलाई गम्भीर घाइते बनाएका थिए । सो घटनामा बुढामगर  २ बर्ष  ६ मिहना कैद सजाय भुक्तान गरि निस्केका थिए । उनीविरुद्ध  थप अनुसन्धान गरी हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here