सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा  दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ ।  गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत भत्किएको छ । बर्सेनि टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेक वर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने गरेको चालक बताउँछन् ।राजमार्गमा खाडल भएकै कारण साना साना गाडी चलाउन समेत समस्या भएको छ ।  वर्षाले कञ्‍चनरुप नगरपालिकास्थित बरमझीया, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ३ पोर्ताहा तथा वडा नं १ भारदहमा पक्की सडक विभिन्न ठाउँमा भत्किएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकाको  पोर्ताहा बजरङ्गबली मन्दिरदेखि बजार चोकसम्म करिब पाँच÷छ स्थानबीच सडक नै भासिएर भत्किएका छन् । उक्त ठाउँमा करिब दुई फिट गहिरो खाल्टो बनेको सडकमा दैनिक रातिका समयमा चल्ने सवारीसाधन दुर्घटना हुने गरेको छ । छ÷सात महिना सो ठाउँमा सडक मर्मतसम्भार गरे पनि कमजोर वा गुणस्तरहीन कार्य गर्नाले वर्ष नलाग्दै पुनः भत्किएको जनगुनासो छ ।

भारदह बजारस्थित रहेको शहीद चोकको गोलम्बरदेखि पूर्वपट्टि भागमा सडक भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । सो राजमार्गमा जाने सवारीसाधनलाई मोडन घुमाउन अप्ठ्यारो हुने गरेको ट्रक चालक किरपानन्द यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here