sf7df8f}F, !$ ebf}M;Qf u7aGwg a}7sk|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ a;]sf] ;Qf u7aGwg a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं : मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ। गठबन्धनमा आवद्ध दलहरूबीच आज मन्त्रालयको भागठबन्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

मंगलबारको बैठकले मन्त्रालयको विषयमा टुंग्याउने सम्भावना रहेको नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले बताए। एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरू जारी थिए।

अहिले गठबन्धनमा आवद्ध दलहरूबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here