काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बस्‍दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्‍काले जानकारी दिए । ‘आज बैठक मन्त्रिपरिषद्‌ विस्तारमा केन्द्रित हुन्छ’ खड्‍काले भन्नु भयो ‘सरकार गठनपछि राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।’ उनका अनुसार आज बैठक बसेर केही दिनभित्रै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

केहि समयअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले माधव कुमार नेपालले दलको मान्यता पाएपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने सहमति गरेको थियो । सर्वाेच्च अदालतको परमादेशपछि देउवाले गत असार २९ गते सरकार गठन गरेका थिए । उनले चार मन्त्रीबाहेक अरु नियुक्त गर्न सकेका छैनन् । देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको आज ४९ दिन पुगेको छ । सरकारले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here