एजेन्सी- अन्तर्राष्ट्रिय सफल खेलाडी अर्जन्टिनी स्टार लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीबाट डेब्यु गरेका छन् ।

यसै सिजन बार्सिलोना यात्रा टुंग्याएर यसै सिजन पीएसजी गएका मेस्सीले आइतबा राति ६६ औं मिनेटमा रेम्सिविरुद्ध डेव्यु गरेका हुन् ।

उनले ब्राजिलियन स्टार नेइमारलाई प्रतिस्थापन गदै पीएसजीको ३० नम्बर जर्सीमा मैदान प्रवेश गरेका थिए । डेब्यु खेलमा उनले गोल त गरेनन् तर त्यतिबेला रेइम्सविरुद्ध पीएसजी २–० को सहज अवस्थामा रहेको थियो ।

मेस्सीले डेब्यू गरेको खेलमा केलियन एम्बाप्पेले गरेको २ गोल नै निर्णायक बन्यो ।

एम्बाप्पेले १६ औं र ६३ औं मिनेटमा लगातार २ गोल गरेर जित दिलाए । उम्बाप्पे यसै सिजन रियल मड्रिड जाने चर्चा पनि चलेको छ । मंगलबार ट्रान्सफर विन्डो बन्द हुनु अघि रियल मड्रिडमा आवद्ध भएमा एम्बाप्पेको पीएसजीका लागि अन्तिम खेल यही नै हुने छ ।

फ्रेन्च लिग वानमा पीएसजीले लगातार ४ खेलमा जित हात पार्दै १२ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here