काठमाडौँ– यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र,बागमती प्रदेशले भदौ २० गतेबाट परीक्षाहरु सुचारु गर्ने भएको छ। कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट परीक्षाहरु रोकिएका थिए।

यातायात व्यवस्था कार्यालयले आवेदन दिएर ‘प्रोसेस’ सुरु भइसकेकाले मात्र परीक्षामा सहभागी हुन पाउने जनाएको छ।

आइतबार जारी विज्ञप्तिअनुसार प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परिक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परिक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुन: प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु, कार्यालयमा उपस्थित भई बर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here