काबुल– अफगानिस्तानको राजधानी काबुलमा विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् ।
समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ ।
आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । आइतबार भएको यो विस्फोटबारे थप विवरणहरु प्राप्त हुन सकेका छैनन् ।
गत विहीबार पनि काबुल विमानस्थल नजिकै दुईवटा आत्मघाति बम विस्फोट गराइएको थियो । सो आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको थियो ।